पर्वत काँग्रेसमा ३ जना मनोनित

-


     कालिका दर्शन     
     फागुन २५ गते २०७८ मा प्रकाशित


नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले आज ३ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ । नेपाली काँग्रेसको विद्यान २०१७ को परिच्छेद ३ दफा १२ को उपदफा ५ को ख मा व्यवस्था भए बमोजिम सभापतिले मनोनित गर्नुभएको हो । मनोनित हुनेमा जलजला गाउँपालिका ७ धाइरिङका राजु आचार्य,मोदी गाउँपालिका ५ का रामबहादुर प्रसाँइ ‘जीवन’ र फलेवास नगरपालिका ४ का देवीप्रसाद विलासीलाई मनोनित गर्नुभएको हो । एक विज्ञप्ति मार्फत उहाँहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।