चुनावमा एकल तयारीमा जान माओबादी नेता हितमान शाक्यको आग्रह

-


     कालिका दर्शन     
     फागुन २६ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्रका नेता एवं बाग्मती प्रदेश इन्चार्ज हितमान शाक्यले आगामी स्थानीय निर्वाचनका लागि एकल तयारीमा जाने गरी जुट्न आग्रह गर्नु भएको छ । सहमतिमा गठबन्धन बनाएर जाने भन्ने कुरा सजिलो नभएको बताउदै उहांले महाधिवेशन पछी पार्टीमा देखिएको उत्साहले निर्वाचनपछी माओबादी दोस्रो बन्ने र पछिल्लो सर्वेक्षणले त्यो देखाएको दावी गर्नु भयो ।
नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालय बागलुङमा भएको संक्षिप्त भेटघाटका अवसरमा शाक्यले महाधिवेशनमा पारित दस्तावेज समय सापेक्ष भएको र प्रचण्डले बिगतलाई आत्म समिक्षा गर्नु भएको बताउनु भयो । शान्ति प्रकृयामा आए पछी शान्तिपूर्ण तरिकाले समाजबादमा जाने अभ्यासमा पार्टी रहेको बताउदै माओबादी जनआधारित पार्टी रहेको बताउनु भयो ।


एमसीसीबारे आफ्ना भनाई राख्दै नेता शाक्यले नो एमसीसी पार्टीको नारा नभएको र एमसीसी खारेज गर भन्ने पनि नभएको बताउनु भयो । उहांले यसलाई परिवर्तन र शंसोधन गर्नु पर्ने पार्टीको नीति रहेको बताउदै एमसीसी भित्रका कुरा सही नभएको बताउनु भयो । यसलाई जस्ताको जस्तै पारित गर्ने खतरा देखेरै र संकट समाधानका लागि १२ बुदे व्याख्या सहित पारित गरिएको शाक्यले बताउनु भयो । यदि ब्याख्यात्मक नभई एमसीसी पारित गर्न लागेको भए माओबादीले तेसलाई मान्न नसक्ने प्रष्ट पार्नु भयो ।
सो अवसरमा पार्टीका नेता एवं सांसद सुरेश आले मगर पनि उपस्थित हुनुहुन्थ्यो । जिल्ला समन्वय प्रमुख ज्ञामनाथ गैरेले बागलुङ जिल्लामा माओबादी पार्टीको संगठनात्मक अबस्था र पछिल्ला दिनहरुमा भैरहेका कार्यहरुबारे जानकारी गराउनु भएको थियो । सो भेटघाटमा प्रदेश समिति सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु तथा नगर समितिका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।