अर्जेवामा माओबादीको बिस्तारित बैठक

-


     कालिका दर्शन     
     फागुन २७ गते २०७८ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्र जैमिनि ६ अर्जेवाको प्रथम बिस्तारित बैठक जैमिनि ६ का पार्टि अध्यक्ष दल बहादुर थापाको अध्यक्षता तथा नेकपा माओवादि केन्द्र गण्डकी प्रदेश सदस्य तथा जैमिनि ईन्जार्च लाल बहादुर परियारको विशेष उपस्थितिमा सम्पन्न भएको छ।बैठकले पार्टिका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ।

उक्त कार्यक्रममा कुल बहादुर नेपालि राजन,बुद्दि बहादुर थापा ,लक्ष्मि परियार ,अमित विश्वकर्मा लगायत अन्य पार्टि परित्यााग गरि माओबादि पार्टिमा प्रवेश गरेका थिए । नवप्रवेशिलाई नगर ईन्चार्ज परियार र पार्टिका वडा कमिटि अध्यक्ष थापाले अबिर खादा ओड्याएर स्वागत गरेका थिए भने पार्टिले आगामि स्थानिय निर्वाचनलाई लक्षित गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ भने यहि अबसरमा पार्टिका टोल कमिटि गठन तथा पुर्नगठन गरिएको वार्ड कमिटि अध्यक्ष दल बहादुर थापाले जानकारि दिनुभयो ।