घुम्टे पत्रकारिता पुरस्कार राम थापा र शर्मिला बस्नेतलाई

-


     कालिका दर्शन     
     फागुन २७ गते २०७८ मा प्रकाशित


घुम्टे पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार राम थापा अबिरल र शर्मिला बस्नेत पुरस्कृत हुनु भएको छ । गल्कोट नगरपालिकाले प्रदान गर्ने सो पुरस्कार नगर प्रमुख भरत शर्मा गैरे र उप- प्रमुख रेनुका काउचाले शुक्रबार बितरण गर्नु भएको हो । पत्रकार थापा राष्टिय समाचार समितिको धौलागिरी प्रमुख हुनुहुन्छ । यसै गरी बस्नेत सामुदायिक रेडियो गल्कोटमा कार्यरत हुनुहुन्छ ।
गल्कोट नगरपालिकाको पाचौं स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार रहेको छ । नगरपालिकाले यस अघि ३ जना पत्रकारहरुलाई सो पुरस्कारले पुरस्कृत गरिसकेको छ