फागुन २९ देखि रोट्रयाक्ट सप्ताह, चैत ५मा रोटरी क्लव र पत्रकार बिच फुटसल

-


     कालिका दर्शन     
     फागुन २८ गते २०७८ मा प्रकाशित


सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङ बिभिन्न कार्यक्रमका साथ फागुन २९ गतेदेखि चैत ५ गतेसम्म रोट्रयाक्ट सप्ताह गर्ने भएको छ । बिगतदेखि नै बिभिन्न रचनात्मक कार्यक्रमका साथ सप्ताह गर्दै आएको क्लवले यस बर्ष सात दिन सात क्षेत्र भन्ने नाराका साथ सप्ताह गर्न लागेको हो ।
सप्ताहको पूर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि क्लवले सप्ताहको पहिलो दिन २९ गते आइतवार बानपा ४ उपल्लाचौर स्थित सुस्त मनस्थिती बिद्यालयमा शैक्षिक सामाग्री, फलफुल र स्वास्थ्य प्राथमिक उपचार बाकस प्रदान सहित उद्घाटन कार्यक्रम गर्ने भएको सप्ताहका मुल संयोजक झोकेन्द्र थापाले जानकारी दिनुभयो ।
यसैगरि फागुन ३० गते सोमवार आन्तरिक सदस्य तथा स्यानेटरी प्याड बनाउने तालिम, चैत १ गते मंगलवार ट्राफिक तथा लागु औषध सचेतना कार्यक्रम, चैत २ गते बुधवार स्वास्थ्य प्राथमिक उपचार बाकस बितरण तथा महिनावारी सचेतना कार्यक्रम रहेको थापाले बताउनुभयो ।
त्यसैगरि चैत ३ गते बिहिवार होली सहित पर्यटन प्रर्वद्धनका लागि टे«किङ, चैत ४ गते शुक्रवार तिरुपती बालाजी मन्दिरमा चौतारी निर्माण, बृक्षारोपण, स्वागत बोर्ड व्यवस्थापन अथवा तित्याङ स्थित शिवालय मन्दिरमा डस्विन एवँ धार्मिक बोर्ड व्यवस्थापन र चैत ५ गते शनिवार क्लव, रोटरी क्लव र पत्रकारका बिचमा फुटसल सहित समापन कार्यक्रम रहेको थापाले बताउनुभयो ।
सप्ताहका लागि २ लाख ४० हजार ६ सय खर्च लाग्ने अनुमान गरिएको क्लवका अध्यक्ष शिवबहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रम क्लवका अध्यक्ष केसीको अध्यक्षता, मुल संयोजक झोकेन्द्र थापाको स्वागत र निवर्तमान अध्यक्ष ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।