मेयरमा उठ्दै हुनुहुन्छ ? नगरको चुनावमा बढीमा ४ लाख ५० हजार मात्र खर्च गर्न पाउनु हुन्छ है

-


     कालिका दर्शन     
     फागुन २८ गते २०७८ मा प्रकाशित


निर्वाचन अयोगले निर्वाचन खर्चका लागि सिमा निर्धारण गरेको छ । आयोगले २०७४ सालको स्थानीय निर्वाचनमै तोकिएको खर्च सीमालाई निरन्तरता दिएको जनाएको छ ।
आयोगले महानगरको प्रमुख वा उपप्रमुखका प्रत्याशीले बढीमा सात लाख ५० हजार खर्च गर्न पाउने उल्लेख गरेको छ । त्यस्तै उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा पाँच लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा चार लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।
गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले बढीमा तीन लाख ५० हजार, महानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा तीन लाख र उपमहानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा दुई लाख ५० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ ।
नगरपालिकाको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा २ लाख र गाउँपालिकाको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ । जिल्ला समन्वय समितितर्फ उम्मेदवारको खर्चको सीमा भने आयोगले घटाएको छ ।