तनहुं जिल्लाको भिमाद नगरपालिका वार्ड नं.६ भिमाद बजारमा आइटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न सो अधिवेशनबाट आकाशचन्द्र घर्ति मगर जिल्ला अध्यक्षमा सर्बसहमतिबाट चयन हुनु भएको छ ।घर्ति आइटिएफ तेक्वान्दोको व्ल्याक बेल्ट चौथो डिग्री हुनुहुन्छ ।
उक्त अधिवेशनले उपाध्यक्षमा उत्तम थापा, सचिव सोम बहादुर गुरुङ, कोषाध्यक्ष गोपाल चन्द्र ठकुरीलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा आषिश थापा, दिनेश मगर, मालती तामाङ,बन्दना तामाङ र अभिसेक मगर चयन हुनु भएको छ ।
यस अघि नेपाल आइटिएफका केन्द्रिय सदस्य घम थापा, भिमाद नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर थापा, जनज्योति क्याम्पस भिमादका स्ववियू सभापती सुनिल श्रेष्ठ, भिमाद युवा क्लबका अध्यक्ष नवीन कुमार श्रेष्ठ, नवलपुर तेक्वान्दो संघका अध्यक्ष बिरबल कुवर, कास्की तेक्वान्दो संघका सचिव सुरज सुनार, सदस्य विक्रम सुनार, तथा डाटा कोर्डिनेटर विशाल बुढा मगरले शुभ कामना दिनु भएको थियो ।