बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु

-


     कालिका दर्शन     
     फागुन २९ गते २०७८ मा प्रकाशित


बागलुङमा शनिवारदेखि जिल्ला लिग फुटबल प्रतियोगिताको शुरु भएको छ । कोरोना संक्रमणका कारण बिगत दुई बर्ष रोकिएको जिल्ला लिग यस बर्ष चैत ४ गतेसम्म संचालन हुने गरि शुरु भएको हो ।
प्रतियोगिता अन्तरगत शनिवार दुई खेल भएका छन् । रामरेखा युवा क्लव र गुठी युनाइटेड क्लवबिच भएको पहिलो खेल बरावरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको अन्तिम समयमा दुवै टिमबाट १÷१ गोल भएको थियो ।
पावर फिटनेस क्लब र कालिका भगवती यूवा क्लवबिच भएको दोस्रो खेलमा पनि दुवै समुहबाट १÷१ गोल भएपछि बरावरीमा सकिएको जिल्ला फुटवल संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।
आइतवारको पहिलो खेल रुद्रे पिपल युवा क्लव बिरुद्ध बिर गोर्खाली युवा क्लव र दोस्रो खेल चिल्ड्रन लाइफ स्पोट क्लव बिरुद्ध बागलुङ कालिका युवा क्लव बिच हुने उहाँले जानकारी दिनुभयो ।
राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुने राजभण्डारीले बताउनुभयो । लिग विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने संघका कोषाध्यक्ष सूर्य लामिछानेले जानकारी दिनुभयो ।