मानवअधिकारको लागि महिला एकल महिला समुहको साधारणसभा

-


     कालिका दर्शन     
     फागुन २९ गते २०७८ मा प्रकाशित


मानवअधिकारको लागि महिला एकल महिला समुह बागलुङको पाँचौ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद््घाटन गण्डकी प्रदेशका सांसद कोपीला बोहोराले गर्नुृभएको थियो ।
उद्घाटनपछि बोल्दै उहाँले एकल महिलाको जिवनस्तर माथि उठाउनका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । समाजमा एकल महिलाले थप हिसाँ खेप्दै आएको भन्दै उहाँले, एकल महिलालाई हेर्ने सोच र दृष्टिकोण सकरात्मक हुनुपर्नेमा जोड दिनुभयो । मानव अधिकार संगठनका अध्यक्ष तथा अधिवक्ता लक्ष्मी जिसी कार्कीले एकल महिलको लागि सरकारले बिगतमा ल्याएको राहत कोषको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला हित सहकारी संस्थाका अध्यक्ष लिलादेवि खड्का, पत्रकार कोपीला कँडेल, क्षेत्री महिला समाजका अध्यक्ष शिवकला थापा, एकल महिला समुहका निवर्तमान सचिव लक्ष्मी शर्मा चापागाई, एकल महिला समुह बानपा –४ का अध्यक्ष कमलादेबी आचार्य, वडा नम्वर ६ का अध्यक्ष पृतिकला थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा समुहका सचिव मेघकुमारी थापाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष सन्तु खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम मानवअधिकारको लागि महिला एकल महिला समुहका अध्यक्ष खड्गकुमारी खड्काको अध्यक्षता, उपाध्यक्ष टिका भण्डारीको स्वागत र सचिव मेघकुमारी थापाको संचालनमा सम्पन्न भएको थियो ।