बडिगाडमा करातेका ४८ खेलाडीहरुको व्ल्याक बेल्ट ग्रेडिङ

-


     कालिका दर्शन     
     फागुन २९ गते २०७८ मा प्रकाशित


बडिगाड गाउंपालिका बडिगाड डोजो र बुर्तिवाङ्ग डोजोको आयोजनामा यहिं मिति २०७८/११/२५ देखि २९ सम्म भएको बल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
भानु पौडेलको सञ्चालक राजन कुमार पाईजाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बडिगाड गाउपालिकाका उपाध्यक्ष अम्मर श्रीस ज्युले उद्घाटन गरि सुचारु भएको कार्यक्रममा स्वागत मन्तब्य बुर्तिबाङ डोजोका प्रमुख प्रशिक्षक चित्र बहादुर पुनले गर्नु भएको थियो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै वडा नं ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल र वडा नं २ का वडा अध्यक्ष ढालेन्द्र प्रसाद शेरचनले र वडा नं ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्गले खेलकुदमा विशेष गरि कराते खेलमा बडिगाड गाउपालिकाले अत्यन्तै महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै खुसि ब्यक्त गर्नु भएको थियो ।। नेपाल सितोरियो कराते सघंका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ ज्युले बडिगाड गाउंपालिकाले खेल क्षेत्रमा अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरेको जानकारि बनाउदै यति राम्रो आवास सहित कबर्ड हल निमार्ण गरि खेलाडिहरुको हौसला बढाई नेपालमै नमुना काम गरेको बताउनु भएको थियो ।
प्रमुख अतिथि को रुपमा रहनु भएको बडिगाड गाउंपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले खेलहरु धेरै छन् खेलाडिहरु धेरै छन् तर करांते खेलको जुन गाउपालिका प्रति दाईत्व रहेको छ त्यो सह्रानिय रहेको भन्दै आउने दिनहरुमा पनि गाउंपालिकाले यस खेललाई महत्व साथ राख्नु पर्ने बताउनु भएको थियो ।सो व्ल्याक बेल्ट ग्रेडिङमा ४८ जना खेलाडीहरु सहभागी रहेका थिए ।