दलित मुक्ति मोर्चा बागलुङ अध्यक्षमा गणेश बोहोरा

-


     कालिका दर्शन     
     फागुन २९ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी निकट दलित मुक्ति मोर्चाको शनिवार बागलुङ नगर भेला सम्पन्न भएको छ । सो भेलाले गणेश बोहोराको अध्यक्षतामा ५५ सदस्यीय नगर कार्य समिति सर्बसहमतिमा चयन गरेको छ । भेलाले उपाध्यक्षमा दिपक किसान, कोपिला बिश्वकर्मा र सिता बि.क सचिव ससि विश्वकर्मा, सह सचिव मन बहादुर नेपाली, कोषाध्यक्ष माया विश्वकर्मालाई चयन गरेको छ ।
यस अघि भेलाको उद्घाटन नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य एवं दलित मुक्ति मार्चाका फ्याक्सन इन्चार्ज टेक बहादुर विश्वकर्माले गर्नु भएको थियो । उद्घाटन मन्तव्यमा विश्वकर्माले देशको ठूलो जनसंख्या ओगटेको दलित समुदायको छुवाछुतबाट मुक्ति र राज्यको सुविधाका लागि एकजुट हुनुपर्नेमा जोड दिनु भयो । उहांले नेपालमा जातजातीहरुको इतिहास तथा बर्गिकरण र छुवाछुतका बारेमा चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेबमोजिमको अधिकार दलित समुदायले पाउन नसकेकाले निरन्तर दवाब र आवाज बुलन्द गरि रहनु पर्नेमा जोड दिनु भयो ।
नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज बलावती शर्माले नेकपा माओबादी केन्द्रले दलित समुदायहरुको हक अधिकारका लागि १५ प्रतिशत कोटा छुट्याएको उल्लेख गदै दलितहरुका लागि प्रगतिशिल पार्टी माओबादी रहेको दावी गर्नु भयो ।
भेलालाई माओबादी केन्द्रका प्रदेश समिति सदस्यहरु दलित मक्ति मोर्चा जिल्ला अध्यक्ष टिकाकुमारी बि.क, लाल बहादुर परियार, फमलाल न्यूरे, कुसुम बुढा, ताराखोला गाउंपालिका अध्यक्ष प्रकाश घर्ति, नगर समितिका सचिव राजु खड्का लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । बेपक्ता तथा घाइते परिवारका श्याम कुमार घमाल विकले स्वागत गर्नु भएको सो भेलाको संचालन बानपा नगर कार्यपालिका सदस्य कविराम किसान र अध्यक्षता नगर संयोजक गणेश बोहोराले गर्नु भएको थियो ।