को को छन माओबादी केन्द्रको बार्ता टोलीमा ?

-


     कालिका दर्शन     
     फागुन ३० गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलङले स्थानीय चुनावका लागि अन्य दलहरुसंग संवाद गर्नका लागि एक टोली बनाएको छ । पार्टीको जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेका अनुसार पार्टीले केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज बलावती शर्माको नेतृत्वमा ज्ञामनाथ गैरे, फमलाल निउरे, राजिब घिमिरे र प्रकाश घर्ति रहनु भएको एक वार्ता टोली बनाएको छ ।
अन्य दलहरुले वार्ता टोलीको निर्णय गरे पनि कतिपय दलहरुले नाम सार्बजनिक गरेका छैनन । शिर्ष नेताहरुले वार्ता र संवादलाई अगाडी बढाइ रहेका छन । यसै क्रममा सोमबार सरकारमा रहेका दलहरुका नेताहरुवीच संवाद भएको छ । संवादमा सहभागी नेकपा माओबादी केन्द्रका नेता ज्ञामनाथ गैरेले केन्द्रको नीति अनुसार जिल्लामा पनि एउटै गठबन्धन बनाएर लैजाने बिषयमा छलफल भएको बताउनु भयो ।
नेपाली काग्रेसका सचिव हरीहर शर्माले आजको वार्ता प्रारम्भिक भएको बताउनु भयो । एक दुई पटक पहिला पनि यस्तै बसाई भएको, गठबन्धनलाई निरन्तरता दिने र त्यसका लागि आवश्यक वातावरण बनाउने बिषयमा छलफल भएको जानकारी दिनु भयो । काग्रेसले शिर्ष नेताहरुलाई राखेर वार्ता र संवादलाई अगाडी बढाएको र उपयुक्त समयमा वार्ता टोलीको नाम सार्बजनिक गर्ने उहांले बताउनु भयो ।