नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको गण्डकी प्रदेश समितिको अध्यक्षमा घम थापा सर्बसहमतिमा चयन हुनु भएको छ । सोमबार पोखरामा भएको प्रथम प्रदेश अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको थियो । बागलुङ घर भएका थापा नेपाल आइटिएफको केन्द्रिय सदस्य एवं आइटिएफ व्ल्याक बेल्ट समितिको समेत अध्यक्ष हुनुहुन्छ ।
सो अधिवेशनबाट उपाध्यक्षमा अंक घर्ति मगर, सचिव प्रतिक घर्ति मगर, कोषाध्यक्ष विरबल कुवंर, सदस्यहरुमा बिशाल बुढामगर, बसन्ती बुढा, फारम महत, शर्मिला महत, उत्तम गुरङ र विक्रम सुनार चयन हुनु भएको छ ।
यस अघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले गर्नु भएको थियो । सो सभालाई विशिष्ठ अतिथि नेपाल आइटिएफका केन्द्रिय अध्यक्ष अन्जन धमला, नेपाल आइटिएफका उपाध्यक्ष प्रविण कुमार कार्कि, महासचिव अन्जु रावत, प्रदेश परिषदका सदस्य योगेन्द्र शेरचन, हरी खड्का, लक्ष्मण योगी, प्रकाश बराल लगायतले शुभ कामना व्यक्त गर्नु भएको थियो ।