म्यादी प्रहरीका लागि भर्ना खुल्यो

-


     कालिका दर्शन     
     चैत्र १ गते २०७८ मा प्रकाशित


आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्नाका लागि मंगलबार एक सूचना प्रकाशन गरेको छ । प्रहरी प्रधान कार्यालयद्धारा जारी सूचनामा चैत्र ६ गते देखि ११ गतेसम्म दर्खास्त बुझाउन सकिने छ । दर्खास्त फारम देशभरका जिल्ला प्रहरी कार्यालयहरुमा पाइने छ ।
म्यादी प्रहरी हुनका लागि १८ बर्ष पुरा भइ ५४ बर्ष भित्रका व्यक्तिले दर्खास्त बुझाउन पाउने छन ।म्यादी प्रहरीका लागि फौजदारी आभियोग नलागेको, कुनै दलको सदस्य नभएको, शारीरिक र मानशिक रुपले सक्षम, साधारण लेखपढ गर्न जानेको हुनु पर्ने बताइएको छ ।
म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरहको सुविधा हुनेछ । जसमा तलब ३० हजार २ सय ४०, खाद्यान्न वापत ७ हजार २ सय पोशाक आदी खरिद ६ हजार र खटाइएको ठाउंमा आउन जान १ हजार दिइने उल्लेख छ । उनिहरुको ४० दिन सेवा अवधि हुनेछ ।

हेर्नुहोस सूचना