विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ ।
चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बताएको छ । माध्यामिक शिक्षा परिक्षा (एसईई) परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ ।
यसलाई समेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाई छ । केन्द्रले मंगलवार सुचना प्रकाशित गरि शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्ने जनाएको छ ।
सुचनामा विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखमै सक्नुपर्ने उल्लेख गरिएको छ । साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै सुरू गर्नुपर्ने भएको छ । जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न पनि केन्द्रले निर्देशन दिएको छ ।