राष्ट्रिय जनमोर्चा बागलुङ नगर भेला सम्पन्न ।

-


     कालिका दर्शन     
     चैत्र ५ गते २०७८ मा प्रकाशित


राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाको भेला २०७८ चैत्र ५ गते स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भेलाको उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापाले गर्नु भएको थियो । भेलामा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा,राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाँउले श्रेष्ठले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सञ्जाल शर्मा, रा ज मो जिल्ला सदस्य लोकनाथ शर्मा, प्रेम गौतम, जातिय समता समाजका जिल्ला सदस्य गोबिन्द्रलाल बिक, अखिल नेपाल उद्योग ब्यापार संघ बागलुङका सदस्य टेक बहादुर क्षेत्री, राजमो बानपा १२ का अध्यक्ष घनश्याम बिक, १३ का अध्यक्ष प्रेम रोका, १४ का पुर्व अध्यक्ष लक्ष्मीकान्त श्रेष्ठ लगायतको आतित्थ्यता रहेको थियो ।
भेलाले बागलुङ नगरपालिकाको स्थानीय निर्वाचनका लागि थानेश्वर सुबेदीको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, टेक बहादुर क्षेत्रीको संयोजकत्वमा १७ सचिवालय रहेको १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, ढुण्डीराज शर्माको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति र टेक बहादुर आर सीको संयोजकत्वमा ११ सचिवालय रहेको १०१ सदस्यीय स्वंयसेवक परिचालन समिति चयन गरेको छ । भेलाले चैत्र १९ गते भित्र बा न पा को सबै वडाहरुमा वडा भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रम नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, टेक बहादुर आर सीको सञ्चालन र नगर उपाध्यक्ष योगेन्द्रराज पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।