मालिका पुर्ब बिद्यार्थी मञ्च बागलुङ को प्रथम साधारण तथा अधिबेशन शनिवार सम्पन्न भएको छ । सो अधिवेशनले ,जिबन नाथ शर्मा रेग्मिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भयको छ जसको उपाध्यक्ष मा प्रमिला शर्मा आचार्य महासचिव आनन्द प्रसाद रेग्मी सचिब गुरु प्रसाद शर्मा कोषाध्यक्ष बलराम सापकोटा सदस्य मा जमुना पाण्डे , सृष्टि आचार्य ,महेन्द्र खड्का र गोबिन्द कुवर चयन हुनुभयको छ। सो अधिबेशन मा बोल्दै गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटा ले पुर्ब विद्यार्थी मञ्च का गतिबिधी अत्यन्त प्रेरणादायी रहेको चर्चा गर्दै शभ्य समाज निर्माणका लागि सबैले आ आफ्नो स्थानबाट योगदान दिनुपर्ने कुरामा जोड दिदै हरेक क्षेत्रमा कुशल नेतृत्व आबस्यक रहेको बताउनु भयो, सो अबसरमा जिल्ला समन्वय समिती बाग्लुङ का सदस्य डिल्ली प्रसाद आचार्य, निजामती कर्मचारी संगठन गण्डकी प्रदेस इन्चार्ज घनश्याम सापकोटा ,बानपा कार्यपालिका सदस्य कालिका सापकोटा , नेकपा एमाले वडा पार्टी कमिटी बानपा ५ का अध्यक्ष गोबिन्द प्रसाद सापकोटा ,गैसस महासघ बागलुङ अध्यक्ष मुक्तिराम सापकोटा , सल्लाहकार हरि प्रसाद शर्मा, चन्द्र प्रसाद सापकोटा ,मालिका मा बि प्रअ बालकृष्ण सापकोटा , शिक्षक खडानन्द सापकोटा ,कृष्ण प्रसाद सापकोटा ,ने रे सो मालिका उपसाखा सभापति रेसम सापकोटा मालिका सेवा समाजका कोषाध्यक्ष दुर्गा बहादुर के शि लगायतले मन्तब्य राख्नु भयको थियो।
जीवन नाथ शर्मा रेग्मिको अध्यक्षतामा सम्पन्न साधरण तथा अधिबेशन मा महासचिव आनन्द प्रसाद रेग्मिको प्रगती प्रतिबेदन साथै कोषाध्यक्ष बलराम सापकोटा को आर्थिक प्रतिबेदन पारित गरियको थियो सो कार्यक्रमा गण्डकी गोल्डेन बृजका नामाकरण कर्ता घनश्याम सापकोटा लगायत सात जनालाइ सम्मान गर्नु का साथै ६४ जना आजिबन सदस्यलाइ प्रमाणपत्र बितरण गरियको थियो सो कार्यक्रम को स्वागत उपाध्यक्ष प्रमिला आचार्य र संचालन महासचिब आनन्द प्रसाद रेग्मीले गर्नु भएको थियो।