वडा तथा टोलमा संगठन सुदृढिकरण गर्दै माओबादी बागलुङ

-


     कालिका दर्शन     
     चैत्र ५ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलुङले वडा तथा टोल टोलमा संगठन बिस्तार अभियानलाई जारी राखेको छ । शुक्रबार बानपा १२, १३ र १४ वडामा कार्यकर्ता भेटघाट तथा वडा र टोलका बैठकहरु सम्पन्न गरेको छ । बानपा १२ स्थित शहिद सूर्य नेपालीको घर पिपल बोटमा टोल तथा वडा बैठक बसेर समसामयिक तथा चुनाव केन्द्रित प्रस्तावहरुमा छलफल गरिएको वडा समिति अध्यक्ष प्रमानन्द पौडेलले बताउनु भयो ।
सो भेलामा प्रदेश सदस्य कुमार विक्रम क्षेत्रि, प्रदेश सल्लाहकार बद्रीप्रसाद शर्मा, पार्टीका जिल्ला समन्वय समिति सदस्य भोजराज आचार्य, नगर उपाध्यक्ष चित्रबहादुर सुवेदी, कार्यपालिका सदस्य कविराम किसान, वाइसिएल नगर अध्यक्ष राजु विक, शहिद परिवार चन्द्रबहादुर नेपाली, मनकुमारी नेपाली, नगर सचिव राजु खड्काले आ-आफ्ना भनाईहरु राख्नु भएको थियो । यसै गरी नगर सदस्य भिमनाथ पौडेल, वडा सदस्य रुद्र प्रसाद पौडेल, पूर्व लडाकु ओमनारायण नेपाली, दलित मुक्ति मोर्चा नगर सचिव शशिधर बि.क, शहिद परिवार बुद्धि नेपाली, मेघनाथ गौतम लगायतले भनाई राख्नु भयो ।
यसै गरी बानपा १३ स्थित पेरिसडाडामा प्रदेश सल्लाहकार रुद्र शर्माको विशेष उपस्थितिमा वडा अध्यक्ष रेशम खत्रीको अध्यक्षतामा बसेको वडा समिति बैठकले पार्टी कार्यालय स्थापना, समिति बिस्तार लगायतका निर्णय गरेको छ ।
शनिवार बानपा ३ न्वारामा भएको टोल भेलाले योगेन्द्र किसानको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष अर्जुन किसान, सचिव वसिकला किसान, सहसचिव प्रकास किसान रहनु भएको वडा समितिका अध्यक्ष राजन सापकोटाले जानकारी दिनु भयो । सो भलालाई माओबादी केन्द्र, बागलुङका नेता बाबुलाल शाक्य, नगर कोषाध्यक्ष धनमाया शर्मा, बिन्दु सागर राभ, गुमानसिं किसान, शिव प्रसाद शर्मा लगायतले शुभ कामना व्यक्त गर्नु भएको थियो ।