जिपी कोइराला प्रो.आइटिएफको उपाधि दिनेश बुढा र रुबिका खड्कालाई

-


     कालिका दर्शन     
     चैत्र ६ गते २०७८ मा प्रकाशित


आइतबार राष्टिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनशिपको उपाधि दिनेश बुढा र रुबिका खड्काले प्राप्त गर्न सफल हुनु भएको छ । पुरुष तर्फको ५५-६३ केजी तौल समूहमा दिनेशले प्रमोद साहुलाई पराजित गर्नु भएको थियो । दिनेश बागलुङ जिल्लाका खेलाडी हुनुहुन्छ । सो प्रतिस्पर्धामा प्रेम मगर तेस्रो हुनु भएको थियो । तिनै जना नेपाल आर्मीबाट सहभागी हुनुहुन्थ्यो ।
यस्तै महिला ४७-५५ केजी तर्फ बाग्मतीकी रुबिकाले आर्मीकी हिमा खड्कालाई फाइनलमा पराजित गर्नु भयो । सो प्रतिस्पर्धामा लुम्बिनीकी तेरिया सापकोटा तेस्रो हुनु भयो । सो प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुने पुरुष तथा महिला खेलाडीहरुले क्रमश ५ सय, ३ सय र २ सय यूएस डलर सहित पुरस्कार प्राप्त गर्नु भएको नेपाल आइटिएफका अध्यक्ष अन्जन धमलाले जानकारी दिनु भयो । सो प्रतियोगितामा पुरुष तर्फ २७ र महिला तर्फ २७ खेलाडीहरु सहभागी भएको अध्यक्ष धमलाले बताउनु भयो ।