आर्थिक समृद्धिका लागि कांग्रेस : शुक्रराज शर्मा

-


     कालिका दर्शन     
     चैत्र ८ गते २०७८ मा प्रकाशित


नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीलाई बहुमत दिने गरी निर्वाचन प्रचार गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति र बागलुङ जिल्ला कार्यसमितिको आयोजनामा आयोजित प्रशिक्षण तथा अन्तरक्रियाको उद्घाटन गर्दै शर्माले कांग्रेस नेतृत्वमा मात्र देशको विकास संभव भएको बताउनुभएको हो ।
सभापति शर्माले जनआन्दोलनको सफलता, संविधान निर्माण जस्ता एजेण्डामा कांग्रेसले गरेर देखाएका कामबाट सिक्दै फेरी बहुमत ल्याएर देशलाई समृद्धिमा लैजान सक्ने बताउनुभयो । कार्यक्रममा जिल्लाभरका ३ सय बढी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको पार्टी सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
प्रशिक्षणमा डा. कुशुमाकर न्यौपानेले पार्टी नेतृत्व कौशलता र चुनावी रणनीति तथा अर्का प्रशिक्षक शेषरमण न्यौपानेले आगामी चुनावी रणनीतिमा कांग्रेस बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
पार्टीले जनजनमा कांग्रेस, मनमनमा कांग्रेस भन्ने नारासहित गाउँगाउँ जाऔं, कांग्रेस जिताऔ भन्ने अभियानसहित प्रचार थालेको जिल्लासभापति जितबहादुर शेरचनले बताउनुभयो । काम गरेर देखाउने बेला भएको भन्दै शेरचनले पार्टी संगठन चुस्त र निर्वाचनमा परिणाम दिने खालको बनाउने दावी गर्नुभयो ।
कांंग्रेस जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालन र उपसभापति तारानाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रत्ना शेरचन, प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला नेता जगदिशचन्द्र उपाध्याय, पार्टी सचिव गण्डकी थापा अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।