बागलुङमा म्यादी प्रहरीप्रति युवाको आकर्षण

-


     कालिका दर्शन     
     चैत्र ९ गते २०७८ मा प्रकाशित


स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बागलुङमा आवदेकहरुको भिड लागेको छ ।
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्ला भएसंगै जिल्ला प्रहरी कार्यालय परिसरमा भिड लागेको हो । करिब डेढ महिनाको लागि खुलेको रोजगारीका लागि आवेदन दिन सयौं युवाको भिड लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बागलुङ जिल्लाको १० वटा स्थानीय तहको निर्वाचनको लागि ८ सय ३४ जना म्यादी प्रहरीको जनशक्ति आवश्यक भएको सुचना जारी भएपछि म्यादी प्रहरीमा भर्ना हुनको लागि दैनिक ठूलो संख्यामा युवाहरू आवेदन दिन आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले बताउनुभयो ।
म्यादी प्रहरीको लागि आवेदन दिनका लागि चैत ६ गतेदेखि ११ गतेसम्म म्याद भएको कारणले त्यो बेलासम्म आएको आवेदन मध्य प्रक्रिया पूरा गरी छनौट गरिने प्रहरी उपरीक्षक ज्ञावली बताउनुभयो ।
बागलुङ जिल्लाका १० स्थानीय तहका युवाहरू म्यादी प्रहरी बन्ने आशाले बागलुङ आएका छन् । ४० दिनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना खुल्ला गरेको छ । म्यादी प्रहरीमा भर्ना हुन स्नातकोत्तर उर्तीण गरेकादेखि बिभिन्न सीपमुलक तालिम लिएकासम्मका आएको प्रहरीले जनाएको छ ।