गण्डकी प्रदेशमा माओबादी पदाधिकारी चयनका लागि मतदान

-


     कालिका दर्शन     
     चैत्र ९ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयनका लागि बुधबार बेलुका करिब ६ :३० देखि मतदान शुरु भएको छ । प्रदेश समितिमा सहमतिको प्रयास बिफल भए पछी मतदानको प्रक्रिया अगाडि बढेको हो । मंसिर २७ गते प्रदेशको महाधिवेशनमा अध्यक्ष गायत्री गुरुङको चयन भए पनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन । प्रदेश समितिमा २ सय १४ जना सदस्यहरु छन । उनिहरु पदाधिकारी चयनका लागि मतदाता हुन ।
३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्ष पदका लागि निर्वाचन भएको हो । उपाध्यक्षका लागि मित्रशरण शर्मा नवलपुर, गुणाखर बस्याल पर्वत, ज्ञामनाथ गैर बागलुङ लोकप्रसाद बञ्जरा गोरखा, गंगाप्रसाद पोखरेल कास्की, केशव पौडेल कास्की र गीता शाही तनहुँ बिच प्रतिस्पर्धा हुदैछ।
सचिव पदका लागि जगन्नाथ खनाल कास्की र विष्णुप्रसाद भट्ट गोरखा बीच प्रतिस्पर्धा भइरहेको छ । सहसचिव पदका लागि जीवन खाती कास्की, टेकबहादुर विक म्याग्दी, मेखबहादुर भण्डारी लमजुङ, राजकुमार दुलाल कास्की, कल्पना अर्याल स्याङ्जा र अतिन्द्रकेशरी न्यौपाने तनहुँ चुनावी मैदानमा छन् ।
कोषाध्यक्ष पदमा ताराप्रसाद भुसाल स्याङ्जा र कास्कीका भीमबहादुर विक तथा मेखबहादुर विकबीच प्रतिस्पर्धा हुदैछ । ८ पदका लागि १८ जना विच प्रतिस्पर्धा भैरहेको छ । चुनाव लगतै परिणाम बुधबार राति नै घोषणा गर्ने तयारी भैरहेको छ ।