तरुण दलको केन्द्रीय अध्यक्षमा पर्बतका बिद्धान गुरुङ

-


     कालिका दर्शन     
     चैत्र ९ गते २०७८ मा प्रकाशित


नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा पर्वतका बिद्धान गुरुङ नियुक्त भएका छन । नेपाली काग्रेसका सभापति शेर बहादुुर देउवाले दलको अध्यक्षमा गुरुङ र नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पालाई चयन गरेका छन । नेपाली काग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा दुवै भातृ सस्थाका अध्यक्ष चयन गरिएको जनाइएको छ ।
तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।