माओबादी प्रदेश उपाध्यक्षमा बागलुङका अनिल बिजयी

-


     कालिका दर्शन     
     चैत्र ९ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिको उपाध्यक्षमा ज्ञामनाथ गैरे ‘अनिल’ बिजयी हुनु भएको छ । गैरे पार्टीको बागलुङ समन्वय समितिका संयोजक हुनुहुन्छ । बुधबार सांझ गरिएको घोषणा अनुसार पर्बतका गुणाखर बस्यालले १२० मत, बागलुङका गैरेले ९३ मत तथा नवलपुरका मित्रशरण शर्माले ९० मत प्राप्त गरी उपाध्यक्षमा बिजयी हुनु भएको हो ।
प्रदेश सचिवमा १०० मतका साथ गोरखाका जगन्नाथ खनाल बिजयी हुनु भएको छ । सह-सचिवमा तनहुंका अतिन्द्रकेशरी न्यौपाने ११३ मत, म्याग्दीका टेक बहादुर बिकले १०८ मत र लमजुङका मेघ बहादुर भण्डारीले १०४ मत प्राप्त गरी बिजयी हुनु भएको छ । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसालले ११९ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।