सेञ्चुरी बैकद्धारा विद्यार्थिहरुलाई वित्तीय साक्षरता तालिम

-


     कालिका दर्शन     
     चैत्र १० गते २०७८ मा प्रकाशित


सेञ्चुरी कमर्सियल बैंक बाग्लुङ शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बाग्लुङ -३ मा रहेको श्री कालिका कन्या मन्दिर मा बि का कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन र बचत सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा विद्यार्थी, कर्मचारीसहित ७० जनाको सहभागिता थियो ।

ग्लोबल मनि विक’ हरेक मुलुकका किशोर किशोरी तथा युवामा वित्तीय शिक्षाको महत्त्वको बारेमा जागरण ल्याउने उद्येश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च २१ देखि २७ सम्म मनाइदै आएको छ ।
हाल सेन्चुरी बैंकले १२९ शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २६ वटा शाखारहित बैंकिङ र ११३ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।