तेस्रो रत्नेचौर जागरण कप २०७८ चैत्र ११ गतेबाट

-


     कालिका दर्शन     
     चैत्र १० गते २०७८ मा प्रकाशित


केपि कुमार जलनर, बागलुङ / कला संस्कृति खेलकुद र स्थानिय स्तरको प्रवर्दन सामाजिक बिकृति र बिसंगती बिरूद्व युवाहरूको अभियान भन्ने मुल नाराका साथ आयोजित तेस्रो रत्नेचौर जागरण कप २०७८ आउदो चैत्र ११ गतेबाट १४ गते सम्म शुरू हुने भएको छ ।

म्याग्दीको बेनि नगरपालीका १ रत्नेचौरमा आयोजना हुन लागेको खुल्ला नगरपालिका र गाउपालिका वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता , आमा समूह स्तरीय खुल्ला रत्यौली प्रतियोगिता लगायत बिबिध सास्कृतिक कार्यक्रमहरू हुने भएका छन , भलिबलमा प्रथम हुनेले ५१ हजार ५ सय ५५ र द‌ृतिय हुनेले २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन भने रत्यौलि प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ र दृतिय हुनेले ५ हजार ५ सय ५५ हजार प्राप्त गर्ने छन

कालिगण्डकि नदिको संगम स्थल बागलुङ र म्याग्दीको बिचैमा निकै सुन्दरताले भरिपुर्ण रत्नेचौर पर्यटकिय गन्तव्यका हिसाबले पनि लोकप्रिय स्थान बनेको छ , कल्बले हरेक बर्ष मेला आयोजना गर्दे आयको छ , मेलामा राष्ट्रिय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहने कल्बका अध्यक्ष मन्नु रावलले जानकारी दिनु भयो