मुस्लिम ईत्तेहाद बागलुङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा महमद ईस्लाम

-


     कालिका दर्शन     
     चैत्र १० गते २०७८ मा प्रकाशित


नेपाल मुस्लिम ईत्तेहाद संगठन बागलुङको प्रथम जिल्ला अधिवेशन बिहीबार बागलुङ बजारमा सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्षमा महमद ईस्लाम उपाध्यक्ष अजिज खान कोषाध्यक्ष नसिरन खातुन सचिब महमद ईब्राहिम सह सचिब अजहर हुसेन सह सचिब सल्मा बानु सदस्य मजित बकस , नुरजा खातुन ,जाकिर खान चयन हुनु भएको छ ।
यसै गरी संगठनको महाधिवेशनका लागि यस जिल्लाबाट अमजत हुसेन, महमद ईस्लाम र जावीर हुसेनलाई प्रतिनिधी चयन गरेको हेदायत हुसेनले जानकारी दिनु भयो । सो अधिवेशनमा नेकपा एमाले गण्डकी प्रदेश सदस्य मुहमद हुसेन, जिल्ला अध्यक्ष हिरा बहादुर के.सी , बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेल, प्रदेश सदस्य कृष्ण पाठक, नगर अध्यक्ष धन बहादुर परियार लगायत सहभागी हुनुहुन्थ्यो ।