बागलुङ नगरमा संगठन बृहत बनाउदै माओबादी

-


     कालिका दर्शन     
     चैत्र ११ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र बागलुङ नगर समितिको दोस्रो पूर्ण बैठकले नगर संगठनलाई बृहत बनाउदै पार्टीको एजेण्डा लिएर जनताको घर आगनमा जाने भएको छ । शुक्रबार नगर समितिका उपाध्यक्ष चित्र बहादुर सुबेदीको अध्यक्षतामा बसेको बैठकले नगर समितिमा २१ सदस्यीय सचिवालय र पदाधिकारी रहेको कार्यालय बनाउने निर्णय गरेको छ ।
सो बैठकमा नगरपालिका भित्रका वडा समितिका अध्यक्षहरुले आ-आफ्नो वडाको रिर्पोटिङ गरेका थिए । बैठकले नगरका सम्पूर्ण वडाहरुमा भेला तथा प्रशिक्षणहरु आयोजना गर्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचनको घोषणा पत्र तयारीका लागि १४ वटै वडाहरुबाट सुझाव लिने भएको छ । बैठकले आगामी आइतबार सचिवालयको बैठक बसी नगर समितिमा विभिन्न विभाग तथा समितिहरु, सल्लाहकार समिति गठन गर्ने भएको छ ।
संघीय तथा प्रदेश सरकारबाट प्रस्तुत हुने आगामी बर्षको योजना तथा बजेटमा बागलुङ नगरपालिकाका १४ वडा समितिहरुबाट योजना संकलन गरी सम्बन्धित निकायमा सिफारिस गर्ने समेत निर्णय गरेको नगर समितिले जानकारी दिएको छ । सो बैठकमा प्रदेश समिति सदस्यहरु कुशुम बुढा, कुमार विक्रम क्षेत्रि,चन्द्र बहादुर थापा शिखर लगायतले आ-आफ्ना भनाईहरु राख्नु भएको थियो । नगर सचिव राजु खड्काको संचालनमा भएको बैठकमा सहभागीहरुलाई उपाध्यक्ष महेन्द्र बि.कले स्वागत गर्नु भएको थियो । सो अवसरमा धौलागिरी अस्पताल व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्नु हुने सदस्यद्धय गगन पुन र धनमाया शर्मालाई कार्यकाल सफलताको शुभ कामना सहित बधाइ ज्ञापन गरिएको थियो ।