आदर्श विधामन्दिर मा वि बागलुङमा ३२ वर्ष शिक्षण पेशामा आबद्ध रही देशका लागि असल नागारिक उत्पादन गरेका एकीकृत अखिल नेपाल शिक्षक संगठन बानपाका अध्यक्ष सूर्य महतले बागलुङ बजारको आदर्श विधामन्दिर मा वि मा यस्तो रणनितिक ल्याई हेड सर भुपेन्द्र के सी समक्ष पेश गरेका यी बुदा सबैले अबलम्बन गरेमा स्तरीय शिक्षा अगाडि बढने छ।
१ विधार्थीहरुको शारीरिक, मानसिक , सामाजिक र संवेगात्मक पक्षमा ध्यान पुर्याइएको।
२ विधार्थीहरुले जुनसुकै जतिबेलापनि अध्ययनमा खडकेका कुरालाई समाधान गर्न सहयोग पुर्याएको।
३ विधार्थीहरुको आचरण, बानी, व्यवहार र प्रगति बारेमा अभिभावकलाई जानकारी दिने।
४ विधार्थीहरुलाई पृष्ठपोषणको व्यबस्था।
५ यथासमयमा सल्लाह, सुझाव र मार्गदर्शनको व्यबस्था।
६ उपचात्मकको व्यवस्था।
५ साप्ताहिक परिक्षाको व्यबस्था।
७ नोटकपिको परिक्षा र परिक्षण।
८ शिक्षक पाठक्रम सहित प्रबेस।
९ अभिभावक, शिक्षक र विधार्थी बीच सुमधुर समन्ध। विधार्थी केन्द्रीत विधिहरुको उचित प्रयोग । नियमित गृहकार्य दिने, जाँच्ने र कमीकमजोरीलाई स्पष्ट पार्ने।
१० कक्षाका सबै बालबालिकाहरुलाई समानुपातिकरुपमा ध्यान ।
११ निर्धारित समय अवधिभर कक्षामा रहि अध्यापन गर्ने।
१२ निरन्तररुपमा सुधारात्मक परीक्षा ।
१३ विधार्थीहरुको अन्तरनिहित क्षमताको विकासमा जोड ।
१४ बालमैत्री पठनपाठन ।
१५ विधार्थीहरुको कृयाकलाप नियमित मूल्यांकन गरि सचेत गराउने ।
१६ विधार्थीहरुको आवश्यकताको पहिचान र सहयोग ।