बागलुङ समाज पोखरामा डिल्लीप्रसाद शर्मा

-


     कालिका दर्शन     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


बागलुङ समाज पोखरामा डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको छ । शनिबार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चुनेको हो ।

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा, सचिव नरेश सुवेदी, सहसचिव मीना थापा र कोषध्यक्षमा भवानीशंकर शर्मा छन् । सदस्यमा बालकृष्ण सापकोटा, गंगाबहादुर पुन, तीलकबहादुर थापा, प्रकाश मल्ल, लक्ष्मी सापकोटा र हरि सुनार छन् ।

समाजका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेल, जिल्ला अदालत कास्कीका न्यायाधीश विष्णुप्रसाद उपाध्याय, उच्च अदालतका सरकारी वकिल खेम पाठक लगायतले बोलेका थिए ।

निर्वाचनका लागि दुर्गेशराज पन्त संयोजक र रीता सापकोटा र हरि पौडेल सदस्य रहेको निर्वाचन मण्डलले सहजीकरण गरेको थियो ।