बागलुङका १० वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

-


     कालिका दर्शन     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
बागलुङका १० वटै स्थानीय तहमा पनि निर्वाचन अधिकृतहरु नियुक्त भएका छन् । जिल्लामा एक मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकिएका हुन् ।
बागलुङ नगरपालिकामा जिल्ला अदालत बागलुङका न्यायाधीस बासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृतका रूपमा नियुक्त हुन भएको छ । उहाँबाहेक जिल्लाका अन्य पालिकामा निवार्चन अधिकृत रहनुहुने भएको छ ।
काठेखोला गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत हर्कबहादुर क्षेत्री, गलकोट नगरपालिकामा उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्रप्रसाद भुसाल, जैमिनी नगरपालिकामा जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारी नियुक्त हुनु भएको छ ।
त्यस्तै ढोरपाटन नगरपालिकामा श्रम अदालतका स्रेस्तेदार लालसिँह थापा, तमानखोला गाउँपालिकामा जिल्ला सरकारी वकील कार्यालय बागलुङका न्यायधिवक्त लालप्रसाद लामिछाने, ताराखोला गाउँपालिका उच्च सरकारी वकिल कार्यालय बागलुङका उपन्यायधिवक्त गोपालप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।
निसीखोला गाउँपालिकामा परराष्ट्र मन्त्रालय काठमाडौंका उपसचिव दिलिप कुमार पौडेल, बडिगाड गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालयका उपन्याधिवक्ता सीतादेवी सुवेदी र बरेङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव मनिराम ज्ञवाली नियुक्त हुनु भएको निर्वाचन आयोगले जनाएको छ ।