
रेडक्रस कर्मी तथा विभिन्न सामाजिक संघ सस्थामा कृयासिल ब्याक्तित्व कालीगण्डकी आबासिय मा बि का सामाजिक शिक्षक जीवन नाथ शर्मा रेग्मी द्वारा लिखित नाटक आज कालीगण्डकी आबासिय मा बि को प्राङ्गणमा यक बिशेष कार्यक्रम का बिच मंचन गरियो। सामाजिक विषय बस्तुमा आधारित नाटक केही समय पहिला गण्डकी थियटर पोखरामा समेत उत्कृष्ट नाटकको रुपमा मंचन भयको थियो।
आजको मंचन कार्यक्रम मा एन प्याब्सन बाग्लुङ का अध्यक्ष नेत्रलाल न्यौपाने ले नाटक अत्यन्तै समय सान्दर्भिक रहेको चर्चा गर्दै समाजको वास्तविक चित्रण उतार्न सफल रहेको बताउदै मोफसलमा समेत यस्तो उत्कृष्टता देखिनुमा खुशी ब्यक्त गर्दै निरन्तरता को कामना गर्नु भयो।सोही अबसरमा कालिगण्डकी आबासिय मा बि का प्रधानाध्यापक निरन्जनलाल राजभण्डारी ले नाटकको भाब र समाजको बास्तबिकता मेल खायको बताउनु भयो।सोही अबसरमा नाटक निर्देशक अर्जुन थापा, कलाकार सृष्टि पौडेल लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत रमेश शर्मा चालिसे अध्यक्ष सहायक प्रधानध्यापक सुरेन्द्र शाक्य र संचालन सोही नाटकका लेखक जीवन नाथ शर्माले गर्नु भयको थियो।

