पर्यटन आकर्षणका लागि नयां पन आवश्यक-पर्यटन मन्त्री कडेल

-


     कालिका दर्शन     
     चैत्र १४ गते २०७८ मा प्रकाशित


पर्यटन तथा होटल व्यवसायीहरुका लागि व्यवसायिक क्षमता अभिबृद्धि कार्यक्रम सोमबार देखि बागलुङ बजारमा शुरु भएको छ । सो तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र कडेलले पर्यटन क्षेत्रको आकर्षणका लागि नयां पन दिन व्यवसायीहरुलाई सुझाव दिनु भयो । उहांले बागलुङमा पर्यटन आकर्षणका लागि स्तरिय सेवा दिने होटलहरुको आवश्यकता औंलाउदै होटल व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताउनु भयो । उहांले अव बन्ने पर्यटन नीति व्यवसाय मैत्री बन्ने बताउनु भयो ।
सो अवसरमा मन्त्री कडेलले आगामी आर्थिक बर्षदेखि बागलुङमा पर्यटन कार्यालय र कम्पनी राजिष्टरको कामहरु घरेलु कार्यालयबाट दिने गरी तयारी भैरहेको जानकारी दिनु भयो ।
तालिमका प्रशिक्षक गण्डकी म्यानेजमेन्ट कलेजका प्रचार्य प्रकाश रेग्मीले पर्यटन र व्यवसाय संगसंगै अगाडी बढ्ने र पर्यटन विकासका लागि संख्यात्मक बृद्धि की गुणस्तरिय बृद्धि ? आदी बारेमा तालिममा छलफल गरिने बताउनु भयो । उहांले पोखरामा अन्तराष्टिय बिमानस्थलको शुरुवातसंगै आउने बिदेशी पर्यटकहरुको आवाश भोजन लगायतका बिषयमा अब सरोकारवालाहरुले सोच्नु पर्ने बताउनु भयो ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष अर्जुन चोखालको अध्यक्षता, ताल बहादुर कुवरको स्वागत मन्तव्यमा भएको सो तालिममा स्वामी ऋषी प्रपन्नाचार्य, उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ लगायतले शुभ कामना व्यक्त गर्नु भएको थियो । तालिम ३ दिनसम्म संचालन हुनेछ ।