बागलुङ नगरपालिका वार्ड नं.४ उपल्लाचौरमा आधुनिक निर्माण सामाग्रीको कालिका यूपिभिसी कम्पनी संचालनमा आएको छ । स्थानिय सुजन कटुवाल र अभिशेक कटुवालले करिब डेढ करोड लगानी गरी सो कम्पनी हालै संचालनमा ल्याउनु भएको हो । सो कम्पनीको मासिक क्षमता १२ हजार स्क्वायर फिट अर्थात हरेक दिन १ घरको लागि आवश्यक झ्याल, ढोका, पाटेसन आदी तयार गरी सम्बन्धीत स्थानमा गएर फिट गर्न सक्ने क्षमता रहेको छ ।
यूपिभिसि प्लाष्टि साइज प्रविधीबाट उत्पादित सामाग्री हो । साधारणतया नेपालमा टर्कि देखि यस्को सामान आउने गर्दछ । यूपिभिसीको प्रयोग साधारणतया सयौं बर्ष हुन्छ । कम्पनीले यसको प्रयोगमा ३० बर्षको वारेण्टी दिने गरेको छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि पछिल्लो समय झ्याल, ढोका तथा पाटेसनमा यसको प्रयोग बढिरहेको छ । बागलुङमा कटुवाल दाजुभाईले पहिलो पटक यूपिभिसीको कम्पनी स्थापना गरी सेवा संचालन गर्नु भएको हो ।
कम्पनीका संचालक अभिशेक कटुवालका अनुसार साविक धौलागिरी भित्रको यातयात सुविधा भएको जुनसुकै स्थानमा कम्पनीले आवश्यक सुविधा दिन सक्छ । आधुनिक घरहरुमा साउण्ड प्रुफ, वाटर प्रुफ र फायर प्रुफ हुने भएकाले यसको प्रयोग महत्वपूर्ण मानिएको छ । यो वातावरण मैत्री छ, काठ फडानीलाई सन्तुलनमा राख्न पनि यस्को प्रयोग महत्वपूर्ण मानिएको कटुवालको भनाई रहेको छ ।
कम्पनीले हाल उत्पादनको करिब एक तिहाई मात्र काम गरिरहेको भए पनि पछिल्लो समय माग बढ्दै गएको कटुवाल बताउनु हुन्छ । हामी धौलागिरीमा स्तरिय र छिटो फिनिसिङ सहितको सेवा दिन प्रतिबद्ध छौं । कटुवाल भन्नु हुन्छ प्रविधि मैत्री र होमडेलिभरी सेवाका लागि अहिले कम्पनीमा १० जना कामदारहरुले प्रत्यक्ष रोजगारी पाएका छन ।