स्थानीय तहको चुनाव नजिकिदै गर्दा दलहरु संगठन बिस्तार र उम्मेदवार छनौटमा केन्द्रित हुन थालेका छन । सत्तारुढ दल नेकपा माओबादी केन्द्रले गठबन्धन नभए एक्लै चुनाव लड्ने बताइ रहदा बानपा ४ मा बिहीबार बसेको वडा समिति बैठकमा ८ जनाले वडा अध्यक्षमा दावी प्रस्तुत गरेका छन ।
सो बैठकमा नगर सदस्यहरु मनोज थापा क्रान्ति, हेमलाल पौडेल, सागर आचार्य र दुर्गा बहादुर बिश्वकर्माले वडा नं ४ को अध्यक्षमा दावी प्रस्तुत गर्नु भएको छ । यसै गरी वडा समितिका अध्यक्ष बिष्णु कुमारी शर्मा ‘बिजुला’, सचिव शिव प्रसाद शर्मा, सदस्य कोपिला बि.क, र जिबन जि.शीले पनि दावी गर्नु भएको बताइएको छ । बैठकमा उहांहरुले आ-आफ्नो दावी पेश गरे पनि पार्टीले गर्ने निर्णयमा पूर्ण सहमति जनाउने र चुनावमा सहयोग गर्ने आकांक्षीहरुले प्रतिबद्धता जनाएको बैठकमा सहभागी नगर सदस्य प्रविण सापकोटाले जानकारी दिनु भयो ।
बैठकमा आगामी चुनावको तयारी र वडामा माओबादी पार्टीको योजना र संगठनका बिषयमा छलफल भएको थियो । सो बैठकमा छबिलाल सापकोटा लगायतका व्यक्तिहरु माओबादीमा प्रवेश गर्नु भएको उक्त पार्टीले जनाएको छ ।