
नेकपा माओबादी केन्द्र, बागलुङ नगर समितिले आगामी स्थानीय चुनावलाई लक्ष्यित गरी संगठन सुदृढिकरण अभियानलाई तिब्रता दिएको छ । नगर समितिका उपाध्यक्ष चित्रबहादुर सुवेदीको अध्यक्षतामा हालै बसेको बैठकले नगरपालिका क्षेत्रका १४ वटै वडाहरुमा बिस्तारित बैठक बसी चुनावको लागि आवश्यक तयारी गर्ने निर्णय गरे अनुसार शुक्रबार अमलाचौरमा बानपा १२ को बैठक सम्पन्न भएको छ ।
सो बैठकले वडा पार्टी समितिका अध्यक्ष प्रमानन्द पौडेलको अध्यक्षतामा १ सय ५१ सदस्यीय चुनाव परिचालन वडा समिति गठन गरेको छ । यसै गरी ७ सदस्यीय वडा पार्टी सचिवालयको सर्बसहमतिबाट चयन गरेको छ । बैठकले आगामी आर्थिक बर्षका लागि संघिय तथा प्रदेश सरकारसंग विभिन्न योजना तथा विकास निर्माणका लागि बजेट माग गर्ने लगायतका विषयमा छलफल गरेको माओबादी केन्द्र बानपा १२ का अध्यक्ष पौडेलले जानकारी दिनु भयो
बैठकमा सो पार्टीका प्रदेश समितिका सल्लाहकार बद्री प्रसाद शर्मा, जिल्ला समन्वय सदस्य भोजराज आचार्य र गगन पुन, नगर उपाध्यक्ष चित्र बहादुर सुवेदी, सचिव राजु खड्का, सह-सचिव जिबन शर्मा, कोषाध्यक्ष धनमाया शर्मा, कार्यपालिका सदस्य कबिराम किसान लगायतले बैठक सफलताको शुभ कामना व्यक्त गर्नु भएको थियो । वडा पार्टी सचिव दुर्गा वि.कको संचालन तथा वडा सदस्य रुद्र प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।






