गुरांस विद्या सदनद्धारा आयोजित हाजिरी जवाफको उपाधि कालिगण्डकीलाई

-


     कालिका दर्शन     
     चैत्र १८ गते २०७८ मा प्रकाशित


एन प्याव्सन सम्बन्ध ८ बिद्यालयहरु सहभागी अन्तरबिद्यालय स्तरीय प्राथमिक तह अन्तर्गतको हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । एन प्याव्सनको समन्वयमा बानपा-४ गुठी स्थित गुरांस बिद्या सदनको बिद्यालय हातामा आयोजित सो प्रतियोगितामा कालिगण्डकी आवाशिय मा.बि.ले प्रथम स्थान हासिल गरेको छ ।
यसै गरी सनराइज दोस्रो तथा आयोजक गुरांसले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । बिजयी बिद्यालयका बिद्यार्थिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एन प्याव्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, विशिष्ठ अतिथि एन प्याव्सन, बागलुङ अध्यक्ष नेत्रलाल न्यौपाने तथा गुरांस बिद्या सदनका प्रिन्सिपल निसान खड्का लगायतले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
गुरांस बिद्या सदनको शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर जि.शीको अध्यक्षता, शिक्षकद्धय बन्दना जोशी पौडेल तथा भोजलाल क्षेत्रीले प्रतियोगिता संचालन गर्नु भएको थियो ।