माओबादीमा सम्भाबना देखियो भन्दै वडा अध्यक्षमा बा.न.पा-१४ मा देखिए ५ आकांक्षी

-


     कालिका दर्शन     
     चैत्र १९ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलुङ नगर समितिको संयोजनमा शनिवार बानपा- २,५ र १४ मा बिस्तारित वडा बैठकहरु सम्पन्न भएका समाचारहरु प्राप्त भएका छन । ति बैठकहरुमा वडामा माओबादी पार्टीको अवस्था र आगामी चुनावलाई लक्ष्यित गरी संचालन गर्नु पर्ने योजना लगायतका बिषयहरुमा बृहत छलफल भएका छन ।
यसै क्रममा बानपा -१४ नारायस्थानमा बसेको बैठकले वडा पार्टी समिति बिस्तार र सचिवालय गठन गरेको छ । यसै गरी शिक्षक बुद्धिजिवी, वाइसिएल, दलित मुक्तीमोर्चा, महिला र किसान महासंघ लगायतका जनबर्गिय संगठनहरुको वडा समितिहरु गठन गरिएको वडा समितिका अध्यक्ष खेमकान्त पौडेल ‘राजेन्द्र’ले जानकारी दिनु भयो । साथै बैठकले बानपा -१४ मा संचालन गर्नु पर्ने बिकास योजनाहरुका बारेमा छलफल गरी आगामी बर्षको बजेटमा समावेश गर्नका लागि प्रदेश तथा संघिय सरकार समक्ष अनुरोध गरि पठाउने निर्णय गरेको पौडेलले बताउनु भयो ।
स्थानीय चुनावका बारेमा भएको छलफलले वडा पार्टी समितिका अध्यक्षको संयोजकत्वमा ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । बैठकमा वडा पार्टी समितिका अध्यक्ष पौडेल सहित तर्क बहादुर खड्का, पदम बहादुर अखेली, मुरारी शर्मा पौडेल तथा दिपककुमार अखेलीले वडा अध्यक्षका लागि आआफ्नो दावी पेश गर्नु भएको थियो । अध्यक्षमा दावी गर्ने स्थानिय नेताहरुले जनताको भावना बुझेर पार्टीले उपयुक्त उम्मेदवार छनौट गर्ने विश्वास लिदै अन्तमा पार्टीको निर्णय पूर्ण रुपमा मान्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
बैठकमा कर्ण बहादुर रोका र बाबुराम बस्याल माओबादीमा प्रवेश गरेको घोषणाका साथ नेताहरुले टिका लगाइ स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश समिति सदस्य कुमार बिक्रम क्षेत्रि, नगर उपाध्यक्ष चित्र बहादुर सेवेदी, सचिव राजु खड्का, सहसचिव जिबन शर्मा, कार्यपालिका सदस्य कविराम किसान, दलित मुक्तीमोर्चा नगर अध्यक्ष गणेश बोहोरा लगायतले शुभ कामना व्यक्त गर्नु भएको थियो ।