
नेकपा माओबादी केन्द्र, बागलुङ नगर समिति वडा नं. २ को बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा जनभावना र जनअपेक्षालाई आत्मासाथ गर्नु पर्ने सुझाव सबैतिरबाट आएकाले सोही अनुसार पार्टी अगाडी बढ्नु पर्नेमा सहभागीहरुले भनाई राखेको वडा समितिका अध्यक्ष सूर्य महतले जानकारी दिनु भयो ।
सो अवसरमा प्रदेस समितिका सदस्य एवं ताराखोला गाउंपालिका अध्यक्ष प्रकास घर्ति, पार्टीको बागलुङ समन्वय समितिका सदस्य गगन पुन, नगर समिति कोषाध्यक्ष धनमाया शर्मा लगायतले समसामयिक र बानपा २ मा पार्टीको अवस्था र आगामी दिनमा गर्नु पर्ने कार्यहरुबारे बिभिन्न सुझावहरु दिनु भएको थियो ।
बैठकले भिमसेन राजभण्डारीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । यसै गरी शनिबारको बैठकमा बानपा २ को वडा अध्यक्षमा प्रतिस्पर्धाका लागि ५ जनाले इच्छा जाहेर गर्नु भएको छ । उहांहरुले बानपा २ लाई नमुना वडाको रुपमा बिकास गर्ने योजना सहित वडा अध्यक्षमा आफ्नो मत जाहेर गर्नु भएको वडा समिति अध्यक्ष सूर्य महतले बताउनु भयो । जशोधा शर्मा, नर बहादुर के.सी, रामनाथ बि.क, भिमसेन राजभण्डारी, खिम कुमार श्रेष्ठ र योगराज शर्माले वडा अध्यक्षमा आकांक्षा राख्नु भएको वडा समितिका अध्यक्ष महतले जानकारी दिनु भयो ।