आगामी चुनावमा काँग्रेसको विरासत फर्किने युवराज जोशीको विश्वास

-


     कालिका दर्शन     
     चैत्र १९ गते २०७८ मा प्रकाशित


घरघर जाउँ नेपाली काँग्रेस लाई जिताउँ अभियान अन्तर्गत पर्वतको कुश्मा नगरपालिका १ पाङमा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा आसन्न चुनावको विषयमा छलफल भएको छ भने नेताहरुले कार्यकर्ताहरुलाई एकमतका साथ चुनावमा परिचालन हुन निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले पार्टीलाई जिवन्तता दिन घरघर जाउँ काँग्रेस जिताउँ अभियान सञ्चालन गरिएको र यसले पार्टीलाई पृष्ठपोषण प्राप्त भएको बताउनुभयो । जोशीले पाङमा पार्टीका विषयमा कुनै तिक्तता नरहेको भन्दै आगामी चुनावमा काँग्रेसको विरासत फर्किने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस प्रतिबन्दित अवस्थामै दुई तिहाईको सरकार बनाउन सफल भएको उल्लेख गर्दै यसपाली पनि विगतको परिवेश फेरि फर्काउन सक्ने उद्घोष उहाँले गर्नुभयो । वामपन्थीहरुले वहुमत पाएपछि सबै नेपालीहरुको सपना पुरा हुने विश्वास भएपनि उक्त विश्वास धोकामा परिणत भएको भन्दै अव वामपन्थीलाई मत दिएर गल्ती गर्न नहुने सभापति जोशीले बताउनुभयो । आगामी दिनमा बढ्ने बाटो हेरेर अगाडी बढ्नुपर्ने उल्लेख गर्दै सभापति जोशीले विकासका लहर ल्याउन काँग्रेस पार्टी तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य टंकप्रसाद सुबेदी, जिल्ला सचिव गुप्तनिधी शर्मा, कोषाध्यक्ष हेमशर्मा पौडेल, महाधिबेशन प्रतिनिधी डा।केदार सुबेदी, जिल्ला सदस्य कुलप्रसाद शर्मा, महाधिबेशन प्रतिनिधी एवं महिला संघका अध्यक्ष मुना शर्मा लामिछाने, प्रदेश क का सभापति राजकुमार क्षेत्री, कुश्मा नगरसमितिका सभापति राजकुमार क्षेत्री, वडा सदस्य टिकाबहादुर सुबेदी, नेपाल निजामती कर्मचारी संघका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद रिजाल, टोल सभापति रामप्रसाद सुबेदी, टोल समितिका सदस्य सुर्यप्रसाद उपाध्याय, क्षेत्रीय प्रतिनिधी धुर्वप्रसाद सुबेदी, समाजसेवी कृष्णप्रसाद रिजाल, तरुण दलका सचिव कृष्णप्रसाद रिजाल, पूर्व सभापति खगराज पौडेल, काँग्रेसका अगुवा नारायणप्रसाद पौडेल, फणिन्द्रनाथ शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सभापति कृष्णवहादुर क्षेत्रीको सभापतित्वमा भएको थियो भने स्वागत वडा उपसभापति हेम शर्मा पौडेल र सञ्चालन सचिव कृष्णप्रसाद रिजालले गर्नुभएको थियो । यसैबिच नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं २ ले पनि नागरिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख आतिथीको रुपमा नेपाली कांग्रेस पर्वतका पार्टी सभापति युवराज जोशी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समिति सदस्य टंक प्रशाद सुवेदी , नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा , नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य शान्ति शर्मा कुमाल , महिला संघ पर्वतका अध्यक्ष तथा काँग्रेसका महाधिबेशन प्रतिनिधी मुना शर्मा लामिछाने महाधिवेशन प्रतिनिधि केदार सुवेदी ,नेपाली कांग्रेस पर्वत प्रदेश सभा ९क ०का सभापति राजकुमार क्षेत्री , नेपाली कांग्रेस कुस्मा नगर सभापति किशोर भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सभापति तिर्थप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गोबिन्दप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले लगाएतका अन्य पार्टी परित्याग गरि ९ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।