कालीमाटीमा चुनाव जित्ने रणनीति बनाउदै माओबादी, वडा अध्यक्षमा ४ जनाको रुचि

-


     कालिका दर्शन     
     चैत्र २० गते २०७८ मा प्रकाशित


संगठन सुदृढिकरणमा जुटेको नेकपा माओबादी केन्द्र, बागलुङको वडा भेला तथा बैठकहरु धमाधम बागलुङ नगर क्षेत्रमा सम्पन्न भैरहेका छन । यसै क्रममा आइतबार बानपा ७ मा वडा भेला सम्पन्न भएको छ । सो भेलाले आगामी स्थानीय चुनावमा वडा अध्यक्ष जित्ने लक्ष्य सहित वडा समितिका अध्यक्ष बिकास बि.कको संयोजकत्वमा १ सय ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ ।
बैठकले वाइसिएल लगायतका जबज तथा मोर्चाहरुको वडा समितिहरु पनि गठन गरेको छ । सो अवसरमा बानपा ७ मा भैरहेको बिकास निर्माण योजनाहरुको बारेमा छलफल गर्दै आगामी बर्षको बजेटमा वडामा समावेश गर्नु पर्ने योजना तथा कार्यक्रमहरुका बारेमा पार्टी मार्फत प्रदेस तथा संघीय सरकारसंग माग गर्ने लगायतका निर्णयहरु गरेको छ ।
त्यस्तै बैठकमा आगामी चुनावमा बानपा ७ बाट वडा अध्यक्षका लागि ४ जनाले रुचि देखाउनु भएको छ । जसमा नगर समितिका उपाध्यक्ष महेन्द्र बि.क, नगर समितिका सदस्य धनकाजी बि.क र श्याम बिक तथा वडा समितिका अध्यक्ष बिकास बि.क हुनुहुन्छ । सो बैठकलाई प्रदेस समितिका सदस्य कुमार विक्रम क्षेत्रि, जिल्ला समन्वय सदस्य राम बहादुर बि.क, गगन पुन, नगर सहसचिव जिबन शर्मा, कोषाध्यक्ष धनमाया शर्मा लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।