दुध बेचेर मासिक १ लाख कमाउदै लहरेपिपलका सुरज

-


     कालिका दर्शन     
     चैत्र २० गते २०७८ मा प्रकाशित


परम्परागत कृषि पेशाबाट टाढिदै गरेको युवा जगत पछिल्लो समय फेरी बिस्तारै कृषि मै संघर्ष गर्दैछ । बजारका छेउछाउ र ग्रामिण क्षेत्रमा फाट्ट फुट्ट देखिने कृषि फर्म तथा पशुपंक्षि पालन केन्द्रमा युवाहरुले मनग्य लगानी गरी भविष्य खोज्दै छन । यसै क्रममा बागलुङ नगरपालिका वार्ड नं. ६ स्थित लहरेपिपलका सुजन के.सीले पनि गाई तथा भैसी पालनका लागि करिब ५० लाख लगानी गर्नु भएको छ ।
सुरजले ७,८ बर्ष अगाडी एउटा भैंसी पालन शुरु गर्नु भएको थियो । क्रमश यो संख्या हाल २ दर्जनमा आएको छ । सुरज यो संख्यालाई क्रमश अझै बढाउदै लैजाने योजनामा हुनुहुन्छ । फर्ममा अहिले ३ जना व्यक्तीहरुले रोजगार समेत पाएका छन ।
व्यवसायिक दुध उत्पादनका लागि सुरजले नमूना भैंसी कृषि फर्म दर्ता गर्नु भयो । हाल दैनिक १ सय ३० लिटर दुध सुरजको फर्ममा उत्पादन हुन्छ । उत्पादित दुध बागलुङ बजारमा खपत हुने गरेको छ । दुधको लागि बजारको समस्या नरहेको सुरज बताउनु हुन्छ । फर्ममा रहेको भैंसीको मल (गोबर) बिक्रीको समेत समस्या नरहेको उहांको भनाई छ । समान्यतया भैंसी पालनमा मासिक साडे २ लाख खर्च हुने र मासिक १ लाख भन्दा बढी नै आम्दानी हुने गरेको सुरजको भनाई रहेको छ ।
आगामी दिनमा सरकारको अनुदानको अपेक्षा गर्नु भएका सुरजले भैंसीका लागि आधुनिक बासस्थान निर्माणको आवश्यकता देख्नु भएको रहेछ । गाई भैंसीका लागि दाना, चापट मात्र नभई स्थानिय अन्न, घांस पातको लागि कैयौं रोपनी जग्गाको समेत सुरजले आवश्यक व्यवस्था गर्नु भएको रहेछ । आफुलाई चाहिने भैंसी साधारणतया मधेस र पोखराबाट ल्याउनु हुदो रहेछ ।