बागलुङमा पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय, १० जनाको कार्यदल समेत निर्माण

-


     कालिका दर्शन     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस सहित पाँच दलको गठबन्धन हुने भएको छ ।
सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस सहित नेकपा माओबादी केन्द्र नेकपा एकिकृत समाजबादी पार्टी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय नेताहरुको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेका हुन ।
नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सवै वडादेखी गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडी बढ्ने निर्णय गरेको हो ।
बैठकले गठबन्धनमा भएका राजनिति दलको केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशन बमोजिनमनै वडा तह देखिनै प्रतिवेदन तयार पार्नका लागि सवै दलका एक÷ एक जना प्रतिनिधि रहने गरी पाँच सदस्यीय कार्यदल निर्माण गरेको नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिनुभयो ।
कार्यदलमा नेपाली काँग्रेसको तर्फबाट जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओबादीको तर्फबाट माओबादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा एकिकृत समाजबादीबाट गोविन्द गौतम, जनता समाजबादीको तर्फबाट कृष्ण शर्मा र राष्ट्रिय जनमोर्चाको तर्फबाट जिल्ला सचिव भिमलाल पोखरेल रहनु भएको छ ।
कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी २२ गते भित्र केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने सभापति शेरचनले बताउनुभयो । प्रतिवेदन बुझाए पश्चात सोही अनुसार छलफल गरेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा निर्वाचनका लागि सैद्धान्तिक र नितिगत छलफलका गर्न एक राजनितिक दलबाट २ जना प्रतिनिधि रहने गरी १० जनाको कार्यदल समेत निर्माण गरिने भएको छ ।