माओबादीले रामरेखामा बनायो ५१ सदस्यीय चुनाव परिचालन समिति

-


     कालिका दर्शन     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र,बागलुङको बानपा १, रामरेखामा सोमबार वडा बैठक सम्पन्न भएको छ । सो भेलाले वडा समितिका अध्यक्ष सुरेन्द्र बोहोरा संयोजक तथा प्रेम किसान सहसंयोजक रहेको ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । यसै गरी बानपा १ मा ज.ब.ज तथा मोर्चा गठनका लागि वाइसिएल बिदुर शर्मा, महिला मधु बोहोरा र लक्ष्मी बोहोरा तथा दलित मुक्ति मोर्चा गठनका लागि सूर्य बोहोरालाई जिम्मा दिने निर्णय गरेको छ ।
यसै गरी आगामी स्थानीय तह निर्वाचनका लागि नगर सदस्य राम प्रसाद शर्मा, बिदुर शर्मा, बसन्त मल्ल, वडा समिति अध्यक्ष सुरेन्द्र बोहोरा, डिल बहादुर बोहोरा, सुर्य बोहोरा, लक्ष्मी बोहोराले जनप्रतिनिधीका लागि इच्छा जाहेर गर्नु भएको बताइएको छ ।
बैठकमा पार्टीका प्रदेश समिति सदस्य राजिब घिमिरे, कुशुम बुढा, कुमार विक्रम क्षेत्रि,टिका बि.क जिल्ला सदस्य गगन पुन, नगर सचिव राजु खड्का, सहसचिव जिबन शर्मा, कोषाध्यक्ष धनमाया शर्मा लगायतले शुभ कामना व्यक्त गर्नु भयो ।