बैशाख ७ देखि ओडारचौरमा सांगितिक प्रस्तुति सहित सेभेन ए साइड फुटबलको तयारी, प्रथम पुरस्कार १ लाख

-


     कालिका दर्शन     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


संयुक्त चार युवा क्लबको आयोजनामा आगामी बैशाख ७ गते देखि १० गतेसम्म राजेन्द्र स्मृति कालिका यूपिभिसी कप २०७९ सेभेन ए साइड फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । ‘कला संस्कृति तथा खेलकुद संरक्षण हाम्रो कांधमा, समृद्ध नेपालका लागि युवा एक साथमा’ भन्ने नाराका साथ बानपा -४ स्थित निर्माणधिन ओडारचौर बहुउद्धेश्यीय खेलकुद मैदानमा सो प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख, ट्फी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अभिशेक कटुवालले जानकारी दिनु भयो । यसै गरी दोस्रो हुने टिमलाई ७० हजार नगद पुरस्कार प्रदान गरिने छ । साथै प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ५ हजार, उत्कृठ गोल रक्षकलाई ३ हजार, उत्कृठ मिडफिल्डरलाई ३ हजार, उत्कृठ डिफेन्डरलाई ३ हजार र उत्कृष्ठ स्टइकरलाई ३ हजार नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कटुवालले जानकारी दिनु भयो ।
प्रतियोगितामा सहभागीलाई टिम दर्ता शुल्क ७ हजार र धरौटी २ हजार रहेको छ । कार्यक्रममा विबिध सास्कृतिक कार्यक्रमहरु सहित स्थानीय तथा राष्टिय कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेको आयोजकले जनाएको छ ।