अन्जु गुरुको निधनमा बागलुङमा शोक सभा

-


     कालिका दर्शन     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका संस्थापक सदस्य एवं पुर्व अध्यक्ष अन्जुनाथ श्रेष्ठको स्मृतिमा शोक सभा आयोजना गरिएको छ । मंगलबार बागलुङ बजारमा एक विशेष कार्यक्रम आयोजना गरी खेलाडीहरुले आफ्ना गुरु श्रेष्ठको सम्झनामा २ मिनेट मौनधारण गरि सम्मान प्रकट गरे । कार्यक्रममा नेपाल आइटिएफका सचिव राजु खड्का, प्रशिक्षकहरु अशोक थापा, सुश्मिता थापा , साजन बोहोरा, विशाल थापा लगायतका सहभागीले स्वर्गिय गुरु श्रेष्ठले नेपालमा आइटिएफ तेक्वान्दोको विकास र बिस्तारमा पु-याएको योगदानको चर्चा गर्दै श्रेष्ठको बैकुण्ठ बासको कामना गरे ।
स्वर्गिय श्रेष्ठको यही चैत्र २० गते बिहान ३ बजे हृदयघातका कारण असमायिक निधन हुन पुगेको थियो । श्रेष्ठको निधनले नेपाल आइटिएफ परिवार स्तम्ध भएको छ । देश भरका प्रशिक्षक तथा खेलाडीहरु निकै दुखि देखिएका छन । श्रेष्ठको निधनले बागलुङका आइटिएफ तेक्वान्दो प्रशिक्षणस्थलहरु ३ दिनका लागि बन्द गरिएको छ । उहांको २०२९ भाद्र ४ गते जन्म भएको थियो