राप्रपा नै अहिले बैकल्पिक शक्ति भएको अध्यक्ष राजेन्द्र लिङ्देलको दावी

-


     कालिका दर्शन     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले राष्ट्रिय प्रजातन्त्र पार्टी नै अहिले बैकल्पिक शक्ति भएको दावी गर्नु भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले आज बागलुङमा आयोजना गरेको चुनाव लक्षित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देलले कांग्रेस, एमाले र माओवादीको वैकल्पिक शक्ति आफुहरु भएको दावी गर्नु भएको हो ।


अबको निर्वाचनमा जनताको अपार माया पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी बैकल्पिक शक्ति भएर उदाउने बताउनुभयो । उहाँले अहिलेका ठूला दललाई साँढेको संङ्घ्या दिदै साँढेलाई जती फकाएपनि दूध नदिने बताउनुभयो ।
अध्यक्ष लिङ्देलले जनताले सही जनप्रतिनिधि छान्न नसक्दा अहिले दुख पाएको बताउदै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो । लिङ्देलले अहिलेका ठूला दलका नेताले कालोधन थुपारेका कारण बैंक तथा बित्तिय संस्थामा पैसा नभएको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ठूला राजनैतिक दलले जनताको भरोसा गुमाइसकेको भन्दै अब देशका जनताले राजनीतिमा विकल्प खोज्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका पूर्व उपाध्यक्ष दिलबिकास राजभण्डारी, तोरणबहादुर गुरुङ, केन्द्रिय सदस्य भिमप्रसाद गौचन, दिपक कुवँर, हिक्मतजंग कार्की र प्रदेश अध्यक्ष पञ्चराम गुरुङले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता, उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको स्वागत र सचिव बिष्णु सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।