बडिगाडमा माओबादी प्रवेशको लहर, मन्त्री बुढाबाट स्वागत

-


     कालिका दर्शन     
     चैत्र २४ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र बडिगाड गाउपालिका वडा नं ४ को जलजलामा वडा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको छ । सो भेलामा पार्टीका गण्डकी प्रदेस समिति सदस्य एवं कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर बुढा सागरले आगामी चुनावलाई लक्ष्यित गरी माओबादी पार्टीले लिएको नीति र योजनाका बारेमा जानकारी गराउनु भयो । माओबादी पार्टीले परिवर्तनका लागि पु-याएको योगदान र प्राप्त उपलब्धीहरुलाई लिएर जनताका घर घरमा पुग्न कार्यकताहरुलाई आग्रह गर्नु भयो ।
सो कार्यक्रममा १ सय २८ जना माओबादी पार्टीमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मन्त्री बुढा, प्रदेस समिति सदस्य एवं बागलुङ समन्वय समिति संयोजक राजिव घिमिरे, ताराखोला गाउंपालिका उपाध्यक्ष दिल कुमारी थापा र पालिका समिति अध्यक्ष मिलन रेश्मीले स्वागत गर्नु भएको थियो ।