चैत्राष्टमी मेला शुभारम्भ, कृषि मन्त्रि बुढाद्धारा भलिबल उद्घाटन

-


     कालिका दर्शन     
     चैत्र २४ गते २०७८ मा प्रकाशित


ऐतिहासिक चैत्राष्टमी मेला बिहीबार देखि प्रारम्भ भएको छ । चैत्रशुक्ल अष्टमी अर्थात चैतेदशैंको अवसरमा प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर परिसर तथा बाङ्गेचौरमा यो मेला परम्परागत रुपमा लाग्दै आएको छ । यसै अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा संचालित यस बर्षको चैत्राष्टमी मेलाको बिहीबार गण्डकी प्रदेसका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा सागरले शुभारम्भ गर्नु भयो ।
सो अवसरमा मन्त्री बुढाले चैत्राष्टमी मेलामा युवाहरुको सहभागितामा विभिन्न कला, खेलकुद र सृजनशिल कार्यहरु हुने गरेको बताउदै यसको संरक्षणमा सबैको महत्वपूर्ण दायित्व रहेको बताउनु भयो । मेला व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, निबर्तमान अध्यक्ष राजु खड्काको धन्यवाद मन्तव्य र निबर्तमान कोषाध्यक्ष निसान खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिहीबार उद्घाटन म्याच भएपछी औपचारीक प्रतिस्पर्धा शुक्रबार देखि हुनेछ । शुक्रबारको खेलमा पर्बत र तंग्राम, सहारा युवा क्लब कश्मिशेरा र युवा तथा खेलकुद विकास समिति, तित्याङ तथा मूलपानी खेलकुद विकास समिति र लेखानी बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।