नेकपा माओबादी केन्द्र गण्डकी प्रदेस सदस्य एवं कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर बुढा सागरले सहकारी र समूहको योजना बनाएर कृषि उत्पादन तथा रोजगारी सृजनामा लाग्न आग्रह गर्नु भएको छ । बिहीबार बानपा १२,१३ र १४ का अगुवा कार्यकर्ताहरुसंगको भेटमा मन्त्री बुढाले दलित र बिपन्न समुदायको जिबिकोपार्जनका लागि अवको बजेटमा आवश्यक कार्यक्रम ल्याइने बताउनु भयो ।
प्रदेस सरकारबाट हुन सक्ने योजनाहरु प्रदेसबाट र ठूला योजनाहरु संघिय सरकारसंग समन्वय गरी काम गरिने मन्त्री बुढाले बताउनु भयो । अबको चुनावलाई लक्ष्यित गरी जनमुखि कार्यक्रमहरु समावेश गरी घोषणा पत्र तयार गर्न सुझाव दिनु भयो । देशको राजनितिक अबस्था सहज नहुदा जनताका आवश्यकता समयमै पुरा हुन नसकेको बताउदै संविधानमा भएका अधिकार हनन देखि प्राप्त उपलब्धी समेतको रक्षा गर्नु पर्ने अबस्था आएकोले एकढिक्का भएर निर्वाचनमा जान आग्रह गर्नु भयो ।
उक्त भेटमा नेकपा माओबादी केन्द्रका प्रदेस सल्लाहकार रुद्र शर्मा, जिल्ला समन्वय सदस्य भोजराज आचार्य, बानपा १४ का अध्यक्ष खेमकान्त पौडेल, १३ का अध्यक्ष रेशम केसी तथा १२ का अध्यक्ष प्रमानन्द पौडेल लगायतले बलेवा क्षेत्रमा गरिनु पर्ने विकास निर्माण लगायतका योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।